Tuesday, 20 December 2016

खुल्ला दिसामुक्त घोषणा अभियान प्रभावित जनार्जन खत्री,


चेतनाको अभावमा स्थानीयवासीले चर्पीको प्रयोग नगर्दा सर्लाहीलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न समस्या भएको छ । निरन्तर रुपमा चेतनामूलक अभियान सञ्चालन गर्दा समेत सर्लाहीका कतिपय गाउँमा स्थानीयवासीले चर्पी बनाएका छैनन् ।
आर्थिक रुपमा सक्षम रहेकाहरुले समेत घरमा चर्पी नबनाई जथाभावी शौच गर्दा अभियान प्रभावकारी बन्न नसकेको हो । ५ वटा नगरपालिका र ८४ वटा गाउँ विकास समिति रहेका सर्लाहीमा अहिले सम्म १८ वटा गाउँ विकास समिति मात्रै खुल्ला दिसामुक्त घोषणा भएका छन् ।
खुल्ला दिसामुक्त घोषणा गरिएका स्थानमा समेत चर्पीको नियमित प्रयोग नहुँदा अभियान प्रभावहिन देखिएको छ । अभियानलाई तीव्र रुपमा अघि बढाउन अहिले सर्लाहीको दक्षिणी क्षेत्रका गाउँहरुमा घरदैलो लगायतका दबाबमूलक कार्यक्रम भैरहेका छन् ।
विभिन्न समस्या झेलेरै भएपनि आफूहरु जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा लागिपरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सर्लाहीका प्रमुख जगन्नाथ पूर्बेले बताउनुभयो ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home