Tuesday, 20 December 2016

जनावर र पक्षीको संरक्षणमा सक्रियता


म्याग्दी जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

हिंस्रक जनावर बाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवा पुस्तालाई त्यसको विषयमा जानकारी दिन यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home