मेलम्चीको पानी वितरण गर्न जनशक्ति अभाव,
उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ ।
हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा मेलम्चीको पानी राजधानी आए पनि वितरण एवम् व्यवस्थापनमा सहजता नदेखिएको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल बताउनुहुन्छ ।
उपत्यकामा पानी व्यवस्थापनका लागि ५ सय युवा प्राविधिक कर्मचारी चाहिने निर्देशनालयको भनाइ छ ।
पानी व्यवस्थापनको यो समस्या समाधानका लागि निर्देशनालयले केही वर्षमा ‘स्काडा’ प्रणालीमा जाने तयारी गरेको छ । यसका लागि १५ दिनपछि नै ठेक्का आह्वान गर्न लागिएको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिन
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home