सातौँ चीन महोत्सव आज पनि जारी
सातौँ चिन महोत्सव तथा काठमाडौँ सांस्कृतिक फोरम आज पनि काठमाडौमा जारी रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा महोत्सव सन्चालन गरीएको हो ।
भोलीसम्म चल्ने महोत्सवमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिसमेत सहभागी रहेको छ । महोत्सवमा आपसी सांस्कृतिक र सहकार्यबारे छलफलसमेत हुनेछ ।
महोत्सवको हिजो उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले उद्घाटन गर्नुभएको थियो ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home