१३ जनालाई कैद फैसला
सरकारी जग्गा किर्ते गरेको अभियोगमा जिल्ला अदालत बर्दियाले नापी कार्यालयका ११ र मालपोत कार्यालयका दुई कर्मचारीलाई दोषी ठहर्याउँदै कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकंग शाहको इजलासले नापी कर्मचारीलाई तीन वर्ष र मालपोत कर्मचारीलाई तीन वर्ष ५ महिना थुनामा राख्न आदेश दिएको हो । सजाय तोकिएकामा नापीका तत्कालीन प्रमुखद्वय पुष्पराज जोशी र कृष्णमुरारी पन्त, सर्भे अधिकृत सामदयाल कर्णसहित ६ जना र अन्य अवकाशप्राप्त कर्मचारी छन् ।
अदालतका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीका अनुसार मालपोतका तत्कालीन नासुद्वय ईश्वरीप्रसाद दाहाल र प्रकाशचन्द्र बुढाथोकीलाई ३ वर्ष ५ महिना कैद गर्नुपर्ने आदेशमा उल्लेख छ । बुढाथोकी गत वर्षदेखि पुर्पक्ष थुनामा छन् भने दाहाल फरार छन् । सरकारी जग्गा व्यक्तिका नाममा वितरण गरी नक्कली जग्गाधनी पुर्जा बनाएको भन्दै मुद्दा परेको थियो ।
नक्कली धनीपुर्जा बनाएको अभियोग लागेका सोरहवा ६ का रामनरेश यादवलाई १ वर्ष कैद र २ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ । गत मंसिर ११ गतेदेखि पुर्पक्ष थुनामा रहेका यादव फैसलामा उल्लेख भएबमोजिमको कैद सजाय भुक्तान भइसकेकाले जरिवाना तिरेर छुटेका छन् । अदालतले सोही मुद्दामा तत्कालीन मालपोत अधिकृत शंकरप्रसाद भेटवाल, अमिन अनिल रञ्जकलगायत पॉच जनालाई सफाइ दिएको छ । किर्ते पुर्जा बन्दाको समयमा उनीहरू बिदामा रहेको फैसलामा उल्लेख छ ।
सोरहवा ९ का राधेश्याम लोहारले २२ जनालाई विपक्षी बनाई मुद्दा हालेका थिए । ‘अभियुक्तले सरकारी स्वामित्वमा रहेको जग्गा किर्ते गरी करिब ४ करोड ठगी गरेको देखियो,’ फैसलामा उल्लेख छ । आठ वर्षअघि निमित्त मालपोत प्रमुख दाहालले आर्थिक मिलेमतोमा नक्कली धनीपुर्जा बनाई वितरण गरेका थिए । यसबापत उनले ३ लाख रपैयाँभन्दा बढी रकम लिएको अनुसन्धानमा खुलेको छ । पुर्जा बनाउने जग्गा मालपोत कार्यालयबाट कित्ताकाट गराउन नापी कार्यालय पठाइएको थियो । दुई वर्षअघि सरकारी स्वमित्वको १८ बिघा जग्गा व्यक्तिका नाममा गरिएको भनी मुद्दा परेको स्रेस्तेदार भण्डारीले बताए ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home