Wednesday, 14 June 2017

हावाहुरीले टहरा भत्काउँदा छ घाइते

Image result for hawa huri
चितवन, ३१ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिका१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माछा पोखरीमा काम गर्ने मजदुर सो स्थानमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका थिए । बिहान ४ः३० बजे आएको हावाहुरीले टहरा भत्काएपछि उनीहरू घाइते भएका हुन् ।


प्रहरीका अनुसार घाइतेमध्ये ठेगाना खुल्न नसकेका अन्दाजी ४० वर्षीय लालु साह कानुको अवस्था गम्भीर छ भने सर्लाही भगवानपुरका२९ वर्षीय राजेन्द्रकुमार राय, भारत घर बताउने ३० वर्षीय बसिर मियाँ, ३२ वर्षीय सिकेन्द्र पण्डित, १७ वर्षीय भोलाकुमार बिन र बारा जीतपुरका १७ वर्षीय किसान महतोको अवस्था भने सामान्य छ । रासस

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home