धौलीगाड खानोपानी आयोजना निर्माण हुने
जुम्ला,
३१ जेठ । कर्णालीकै
गौरवको आयोजना मानिने “धौलीगाड खानेपानी आयोजना” निर्माण हुने भएको छ ।
दुई
वर्षअघि ड्रिम जिओ ल्याब कन्सल्टेन्सीद्वारा तयार गरिएको डिपिआर अनुसार रु ४५ करोड
१९ लाख ८८ हजार ९२ को लागतमा बन्ने सो आयोजनाकोे लागत पनि बढ्ने भएको छ ।
सो
कन्सल्टेन्सीले तयार गरेको प्रतिवेदन मस्यौदामा पुनः सर्भेक्षण हुन लागेकाले लागत
बढने भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख टङ्कबहादुर सोडारीले जानकारी
दिनुभयो ।
“अब
ल्यान्डेक्स भन्ने कन्सल्टेन्सीले आयोजनाको डिपिआर गर्दैछ । यसमा लागत बढेर आउने
निश्चित भएकोले आगामी आर्थिक वर्षबाट काम सुरु हुनेपक्का भएको छ,”
उहाँले भन्नुभयो ।
–ः २०
ः–
मुख्य
आयोजनाअन्तर्गत चन्दननाथ नगरपालिका– २, ३ र ८ वडाका क्रमशः भण्डारीगाउँ, ढाँणथपला–१ र ढाँणथपला–२ र कोटिलागाउँ खानेपानी तथा
सरसफाइ उपआयोजनाको निर्माणकार्य सञ्चालन भइरहेको कार्यालय प्रमुख सेडारीले उल्लेख
गर्नुभयो ।
करिब
रु ५० लाखको लागतमा निर्माण भएको भण्डारीगाउँ खानेपानी उपआयोजनामा ३८ हजार लिटर
क्षमताको ट्याङ्की निर्माण भएको र कोटिला उपआयोजनाको निर्माणकार्य अन्तिमचरणमा
पुगेको छ । गुठीचौर गाउँपालिका– ५ बिगारे खानेपानी तथा सरसफाइ उपआयोजना सुरु हुने तयारीमा
कार्यालय प्रमुख सेडारीको भनाइ छ ।
यहाँस्थित
सव–डिभिजन
कार्यालयका सव–इञ्जिनियर
लक्ष्मीबहादुर भण्डारीले ‘एक घर, एक धारा’ बाट भण्डारीगाउँका दुई सय
घरधुरी लाभान्वित हुने जनाउनुभयो । निर्माणाधीन ढाँणथपलाका दुई वटा उपआयोजनाको
पाइपलाइन निर्माणका लागि रु ४३ लाख निकासा भइसकेको र एक लाख लिटर पानी क्षमताका
लागि एकसय घनमिटरको ट्याङ्की बनाउन थप ३५ लाख लाग्ने सव–इञ्जिनियर भण्डारीले
बताउनुभयो ।
“तातोपानी
र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिका, धौलीगाड मुख्य खानोपानी
आयोजना क्षेत्रभित्र पर्दछन् र यसबाट ४३ हजार ५५५ जना लाभान्वित हुने देखिन्छ,”
उहाँले भन्नुभयो ।
पछिल्लो समयमा उपआयोजनाबाट निर्माणकार्य सुरु गरिएकाले आयोजनाको काममा तीव्र भएको
र प्रगतिपनि रामै्र देखिएको उहाँको भनाइ छ । रासस
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home