Wednesday, 14 June 2017

दलित समुदायका घर निर्माण हँुदै



कञ्चनपुर, ३१ जेठ । जनता आवास कार्याक्रमअन्तर्र्गत कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको छ । 

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले सो कार्यक्रमअन्तर्गत कञ्चनपुरका दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको हो । 

स्वीकृत नमूना र कार्याविधि २०७३ को व्यवस्था अनुसार सर्भेक्षण फाराम भरेका दलित समुदायलाई छनोट गरी घर निर्माण कार्यलाई अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इन्जिनियर मोहनराज अवस्थीले बताउनुभयो ।

पहिलो चरणमा दलित समुदायका एकल महिला, अतिविपन्न, अपाङ्गता र असहायलाई प्राथमिकतामा राखेर घर निर्माण कार्यलाई निरन्तरता दिइएको छ” उहाँले भन्नुभयो । 

जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णय अनुसार साविक सम्पूर्ण नगरपालिका र गाविसमा कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको थियो । 

कार्यक्रमअन्तर्गत शुक्लाफाँटामा ४०, बेदकोटमा ५३, बेलौरीमा ३२, पुर्नवासमा ५९, महाकालीमा ७४, कृष्णपुरमा ४७, साविक वाइसे बिचवा र रैकवार विचवामा १९, बेलडाँडीमा २६, रामपुर विलासिपुर र श्रीपुरमा १७ तथा भीमदत्तनगरपालीकामा १२४ गरी कुल पाँच सय घर निर्माण भइरहेको इन्जिनियर अवस्थीले बताउनुभयो ।

प्रत्येक घर निर्माणका लागि रु दुई लाख १५ हजार २३९ रकम प्रदान गरिएको छ । राउटे र दलित समुदायका लागि कार्यक्रम सञ्चालन गरिए पनि छनोटमा अहिलेसम्म राउटे समुदायका व्यक्ति परेका छैनन् । 

सोही कार्यक्रमअन्तर्गत कैलालीमा पनि दलित, राउटे र मुस्लिम समुदायका व्यक्तिका लागि एक हजार २५० घर निर्माण हुने भएका छन् । रासस

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home