पत्रकार ढकालको उपचारार्थ आर्थिक सहयोग
पत्रकार
ढकालको उपचारार्थ आर्थिक सहयोग
पोखरा, ३१ जेठ । पत्रकार प्रकाश
ढकालको उपचारका लागि नेपाल पत्रकार महासङ्घ कास्कीले रु १० हजार आर्थिक सहयोग
प्रदान गरेको छ ।
स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्ता अघिदेखि गण्डकी
मेडिकल कलेजमा भर्ना भएका ढकाललाई महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतका
पदाधिकारीले अस्पतालमै पुगेर उक्त रकम सहयोग गर्नुभएको हो ।
त्यस्तै ढकालको उपचारका लागि नेपाल खेलकुद पत्रकार मञ्च
कास्कीले रु सात हजार र नेपाल प्रेस युनियन कास्कीले रु पाँच हजार सहयोग प्रदान
गरेको छ । मञ्चका अध्यक्ष केशव पाठक र युनियनका अध्यक्ष शिरोमणि बरालले उक्त रकम
हस्तान्तरण गर्नुभएको हो । रासस
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home