Monday, 22 May 2017

निर्वाचन नजर : कुन जिल्लामा कुन पार्टी सुन्य भए त ?

जेठ ८, काठमाडौं – पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रदेश ३ : एमाले ५४, कांग्रेस ३३, माओवादी १६
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एमालेले सबैभन्दा धेरै ५४, कांग्रेसले ३३, माओवादीले १६ र राप्रपा, नयाँ शक्ति र नेमकिपाले एक–एक तह जितेका छन् । काठमाडौं, दोलखा, भक्तपुर र रसुवामा माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेन । नौ जिल्लाबाट माओवादीले १६ तहमा मात्रै जित्यो । भक्तपुरबाहेक कांग्रेसले १२ वटा जिल्लामा जित निकाल्यो ।
माओवादी पाँच
प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ स्थानीय तहमा कांग्रेसले ४४, एमालेले ३३ स्थानीय तह जित्दा माओवादीले पाँचवटा मात्रै जित्न सक्यो । कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासीमा माओवादी केन्द्रले एउटा पनि तह जित्न सकेन । गोरखा, तनहुँ, बाग्लुङ र लमजुङमा मात्र माओवादीले जित्यो ।
प्रदेश ४ को गोरखामा एमाले शून्य हुँदा कांग्रेस भने ११ वटै जिल्लामा जित्न सफल भयो । प्रभाव क्षेत्र रहेर पनि नयाँ शक्तिले गोरखामा समेत जित निकाल्न सकेन । माओवादी र नयाँ शक्तिलाई पछि पार्दै डा. बाबुराम भट्टराईको चुनाव क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।
प्रदेश ६ः एमाले २६, कांग्रेस/माओेवादी २५/२५, स्वतन्त्र २
माओवादी ३, कांग्रेस २ र एमाले एक जिल्लामा शून्यप्रदेश नं. ६ का १० वटा जिल्लाका ७९ स्थानीय तहमा माओवादीले २५, एमालेले २६, कांग्रेसले २५ र स्वतन्त्रले दुई स्थानीय तह जितेका छन् । कालिकोटका दुई तहको नतिजा अझै आउँन बाँकी छ ।
प्रदेश ६ का दैलेख, मुगु र सुर्खेतमा माओवादीले एउटा तह पनि जित्न सकेन । प्रदेश ६ का अरू जिल्लामा जिते पनि रुकुम र डोल्पामा कांग्रेस तथा एमालेले रुकुममा एउटा पनि तह जित्न सकेनन् । रुकुममा ६ वटै तह माओवादीले जित्यो ।
कुन जिल्लामा कसले कति जिते ?
प्रदेश ३
काठमाडौंः एमाले ४, कांग्रेस ४, माओवादी शून्य, (महानगरसहित तीन नगरपालिकाको नतिजा आउन बाँकी) काभ्रेः कांग्रेस ४, एमाले ७ (५ नगरपालिका, २ गाउँपालिका), माओवादी २ चितवनः एमाले ४, कांग्रेस १, माओवादी १ (एक तहको नतिजा आउन बाँकी) दोलखाः कांग्रेस २, एमाले ६, एकको नतिजा आउन बाँकी धादिङः एमाले ८, कांग्रेस ३, माओवादी १, राप्रपा १ नुवाकोटः कांग्रेस ७, एमाले ३, माओवादी २ भक्तपुरः नेमकिपा १, एमाले १ (दुईको नतिजा
आउन बाँकी) मकवानपुरः एमाले ५, कांग्रेस २, माओवादी २, (हेटौँडा उपमहानगरपालिकाको नतिजा आउन बाँकी) रसुवाः कांग्रेस २, एमाले २, नयाँ शक्ति १, माओवादी शून्य रामेछापः एमाले ५, माओवादी २, कांग्रेस १ ललितपुरः कांग्रेस २, एमाले २, माओवादी १ (ललितपुर महानगरपालिका नतिजा आउन बाँकी)
सिन्धुपाल्चोकः एमाले ७, कांग्रेस २, माओवादी २ (एक तहको नतिजा आउन बाँकी) सिन्धुलीः एमाले ३, माओवादी ३, कांग्रेस ३
प्रदेश ४
कास्कीः एमाले ३, कांग्रेस १, एकको नतिजा आउन बाँकी
गोरखाः कांग्रेस ९, माओवादी २, एमाले र नयाँ शक्ति शून्य
तनहुँः कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र १ पर्वतः एमाले ४, कांग्रेस ३, माओवादी शून्य मनाङ ः कांग्रेस २, एमाले २, माओवादी शून्य मुस्ताङः कांग्रेस ३, एमाले १, स्वतन्त्र १, माओवादी शून्य
म्याग्दीः कांग्रेस ४, एमाले २, माओवादी शून्य स्याङ्ज : एमाले ७, कांग्रेस ४, माओवादी शून्य लमजुङः एमाले ५, कांग्रेस २, माओवादी १ बाग्लुङ : कांग्रेस ४, एमाले ४, राष्ट्रिय जनमोर्चा १, माओवादी १
नवलपरासीः कांग्रेस ६, एमाले २, माओवादी शून्य
प्रदेश ६
कालिकोटः माओवादी ५, कांग्रेस १, एमाले ३ जाजरकोटः एमाले ३, कांग्रेस २, माओवादी २ जुम्लाः कांग्रेस ४, माओवादी ३, एमाले १
डोल्पाः एमाले ४, माओवादी २, स्वतन्त्र २ दैलेखः एमाले ७, कांग्रेस ४, माओवादी शून्य मुगु : कांग्रेस ३, एमाले १, माओवादी शून्य रुकुमः माओवादी ६, कांग्रेस र एमाले शून्य सल्यानः एमाले ४, कांग्रेस ३, माओवादी ३ सुर्खेतः कांग्रेस ६, एमाले ३, माओवादी शून्य हुम्लाः माओवादी ५, कांग्रेस १, एमाले १

Labels:

११ मा अध्ययनरत धादिङकी कान्छी जनप्रतिनिधि

११ मा अध्ययनरत धादिङकी कान्छी जनप्रतिनिधि८ जेष्ठ ;-  स्थानीय निर्वाचनमा गजुरी गाउँपालिकाबाट महिला सदस्यमा २२ वर्षीया युवती विजयी भएकी छिन् । गजुरी गाउँपालिका वडा नम्बर ८ बाट ५०६ मत प्राप्त गरी कविता बराल विजय भएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
बराललाई एमालेले महिला सदस्यमा टिकट दिएको थियो । उनी अहिले किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । ‘आफ्नो वडामा एमालेबाट एक्लै विजयी भएकाले थप जिम्मेवारीबोध गरिरहेकी छु, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिबद्धता पूरा गर्न लाग्छु,’ बरालले भनिन् ।
महिला दिदी–बहिनीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र वडाको विकासका लागि वडा अध्यक्ष, पालिका अध्यक्ष/उपाध्यक्षसँंग समन्वय गर्ने बरालले बताइन् ।

यसअघि ८६ वर्षीया चन्द्रमाया विक थाक्रे गाउँपालिका वडा नम्बर ५ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्

Labels:

Sunday, 21 May 2017

करेन्ट लागेर १ को मृत्यु ३ घाइते

उदयपुर, जेठ ७ गते।
उदयपुरको चौदण्डी नगारपलिका-३ बदेलपानीमा शनिबार करेन्ट लागेर एकजनाको ज्यान गएको छ बने अन्य ३ जना घाइते भएका छन्।  साँझ ६ बजेतिर पानी परेको समयमा अत्याधीक भोल्टेज आई मोवाइल चलाउदै गरेका ८ बर्षिय समिर राईको मृत्यु भएको छ। गम्भिर घाइते भएका समिरको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो।   साथै १७ बर्षिया सरस्वती मगर, १८ बर्षिया संजिता मगर र १९ बर्षिया देबी तामाङ सामान्य घाइते भएका छन्। उनीहरुको स्थानिय किल्निकमा उपचार भइरहेको प्रहरी चौकी बसाहाले जनाएको छ।

Labels:

रंगेली-विराटनगर सडक खण्डमा तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना, १७ घाइते


मोरङ, जेठ ७
मोरङको मधुवनी स्थित रंगेली-विराटनगर सडक खण्डमा शनिबार संसारीमाई स्थानको दर्शन गरेर फर्कदै गरेको को २ त १३१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ।
दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाईते भएका छन्। घाइते सबैको रंगेली अस्पतालमा उपचार भई रहेको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Labels:

झापामा एक बालकको जुस सर्किएर मृत्यु


झापा, जेठ ७ गते।
झापाको शिवसतासी नगारपालिका-८ डुडामारीमा शनिबार जुस सर्कीएर एक बालककको ज्यान गएको छ।
स्थानीय रुपदोष श्रेष्ठको छोरा ६ बर्षिय छोरा गौरब श्रेष्ठले आफ्नै घरमा ओरेन्ज जुस खाने क्रममा सर्कीएर बिरामी भएका थिए।
उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लाने क्रममा बाटोमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

Labels:

स्थानीय तहको संख्या थपिन्छ : प्रधानमन्त्री

जेष्ठ ७, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन गर्न हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन मधेस केन्द्रित दललाई आग्रह गरेका छन् । 
जनकपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने– सरकार मधेस मुद्दा समाधानको लागि प्रतिबद्ध छ । तपाईंहरु निर्वाचनमा आउनुहोस् । निर्वाचनलाई संघर्षको रुपमा उपयोग गर्नुहोस् ।
दाहालले तराईंमा स्थानीय तहको संख्या बृद्धि गरिने बताए । उनले मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा फिर्तालगायत मन्त्रिपरिषद्ले गर्नसक्ने काम एक दुई दिनभित्रै गरिने उनले बताए । 
संविधान मार्फत प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिकतासहितका उपलब्धीहरुलाई संस्थागत गर्न निर्वाचन आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही शक्ति यी उपलब्धि उल्टाउन खोजेको बताए ।
उनले संविधान संशोधनको विषयलाई मुद्दा बनाएर निर्वाचनमा जान मधेस केन्द्रित दलहरुसंग आग्रह गरे । उनले भने, ‘तपाईंहरु निर्वाचनमा आउनोस् । हामी संविधान संशोधनको लागि प्रतिबद्ध छौं । जुन दिन दुई तिहाई पुग्छ , त्यही दिन संशोधन हुन्छ ।’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा जान आफूहरु तयार रहेको उल्लेख गर्दै यसका लागी सकारात्मक वातावरण बनाई दिन प्रधानमन्त्री दाहालसँग आग्रह गरे । 

Labels:

कस्ता आए जनप्रतिनिधि ?


जेष्ठ ७, २०७४- हुन त उपमयेरकै टिकट हात पार्न कमला बस्नेतलाई लोकसेवा आयोगको परीक्षा दिएजस्तै भयो रे । उपमेयरमै ९ जनाले टिकट दाबी गरेका थिए । झन्डै २१ वर्ष सामुदायिक वनमा विभिन्न पदमा रहेर काम गरेको अनुभवका आधारमा अन्तत: उनैले भीमेश्वर नगरपालिकाको उपमेयरका लागि टिकट पाइन् ।
‘तल्लो निकायदेखि नै निरन्तर काम गरेको हुँ,’ सामुदायिक वन उपभोक्ता महासंघ, दोलखाकी अध्यक्षसमेत रहेकी बस्नेतले टेलिफोनमा भनिन्, ‘जित्ने आधार नै संगठन थियो, संगठनकै कारण जितें ।’ बस्नेत २०५२ देखि सामुदायिक वनको अभियानमा लागेकी हुन् । बर्खेडाँडापारि सामुदायिक वन उपभोक्ता समूहकी उपभोक्ता रहेकी उनी सुरुमा सदस्य भइन् । 

Labels:

पोखराको मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन

Shiva News
जेष्ठ ७, २०७४- निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको रोकिएको मतगणना अघि बढाउन सरोकारवालालाई निर्देशन दिएको छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि शनिवार साँझदेखि मतगणना रोकिएको थियो । 
यस विषयमा आइतबार बसेको सर्वदलिय बैठकले निर्वाचन आयोगमा सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम केन्द्रमा सोधिएकोमा केही समय अघिमात्र निर्वाचन आयोगले ठूलो स्वस्तिक छाप भए पनि सदर गर्दै मतगणना अघि बढाउन भनेको हो । ‘स्थानीय तहको निर्वाचनकालागि प्रयोगमा ल्याइएको मतपत्र र मतदान अधिकृतको हस्ताक्षर सही भएमा गणनालाई निरन्तरता दिनु भनेर केन्द्रले पत्र पठाएको छ,’ मतगणनास्थलबाट स्रोतले भन्यो ।  स्वस्तिक छापको बिषयमा विवाद उत्पन्न भएपछि सबै राजनीतिक दलहरुबीच शनिवार बैठक भए पनि विना निष्कर्ष टुंगिएको थियो ।  
कांग्रेस कास्की सभापति कृष्ण केसीले एउटा मतदानस्थलमा दुईवटा स्वस्तिक छाप प्रयोग हुँदा त्यसको कानुनी मान्यताप्रति प्रश्नमात्रै उठाइएको बताए । ठूलो आकारको स्वस्तीक छाप लागेको मतपत्र मान्य नहुने भन्दै मतगणनास्थलमा रहेका कांग्रेस प्रतिनिधिले बिरोध जनाएपछि गणना रोकिएको हो । सूर्य चिन्हमा त्यस्तो छाप भेटिएको हो । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो । 
केन्द्रको आदेश अनुसार मतगणना सुरु कतिबेला हुन्छ भन्ने विषयमा बुझ्न खोज्दा मूख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्ण र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीसंग सम्पर्क गर्न  खोज्दा मोबाइल उठेन । 
३३ वटा वडा रहेको महानगरका शुक्रबारसम्म १५ वडासम्मको मतगणना सकिएको छ । १६, १७ र १८ वडाको मतगणना भइरहेकोमा विवादपछि रोकिएको हो । 

Labels:

Thursday, 11 May 2017

चुनाव प्रचारप्रसारको अन्तिम दिन आज

निर्वाचन आयोग
बिहीबार मध्यरातपछि शुरु हुने मौनअवधिमा प्रचारप्रसार गरेको पाइएमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्धसम्म गर्न सकिने भन्दै निर्वाचन आयोगले सचेत गराएको छ।
बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रचारप्रसार गर्न बिहीबार अन्तिम दिन हो।
मौन अवधिमा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार समेत विशेष निगरानी गर्ने आयोगले जनाएको छ।

कारबाही

मौन अवधिमा कुनै पनि माध्यमद्वारा कुनै उम्मेदवार वा राजनीतिक दलले भोट माग्ने काम गरेको फेला परेमा उनीहरुलाई निर्वाचन आयोग ऐन र निर्वाचन कसुर ऐन अनुसार कारबाही हुने निर्वाचन आयोगले बताएको छ।
निर्वाचन आयोगकी एक आयुक्त इला शर्माले भनिन्, "निर्वाचन कसुर सजाय ऐन अनुसार निर्वाचन अधिकृत वा अनुगमनकर्ताहरुले चुनाव प्रचारप्रसार गरेको देखे तुरुन्तै २५ हजार जरिवाना गर्न सक्छन्। त्यस्तै निर्वाचन आयोग ऐन अनुसार एक लाखसम्म जरिवाना तथा उम्मेदवारी समेत खारेज हुनसक्छ"।
आयोगका अनुसार मौन अवधि लागू भएपछि मदतान केन्द्रको ३०० मिटर वरपर प्रचारप्रसारका लागि राखिएका सामाग्री उम्मेदवारले हटाइसक्नु पर्नेछ।
निर्वाचन आयोग

अनुगमन

आयुक्त इला शर्माले भनिन्, "२०७० सालमा सामाजिक सञ्जालको त्यत्ति अनुगमन गरिएको थिएन तर यसपटक हामी बढी अनुगमन गर्नेछौं"।
शर्माले रेडियो वा टेलिभिजन, घर दैलो कार्यक्रम तथा सामाजिक सञ्जाल कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने प्रष्ट पारिन्।
औपचारिक रुपमा यस अवधिलाई मौन भनिएपनि राजनीतिक दल र उम्मेदवारले अन्तिम चुनावी रणनीति तय गर्ने अवसरको रुपमा यो समयलाई उपयोग गर्ने गरेको जानकारहरु बताउँछन्।BBC

Labels:

नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च


काठमाडौं, वैशाख २८ – विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च बिन्दुमा पुगेको बताएको छ । नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा साढे ७ प्रतिशतले बढेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकको नेपाल विकास सूचना अनुसार पछिल्ला वर्षमा सक्रिय मनसुन, विद्युत उपलब्धता, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको गति लगायत कारणले आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पुगेको हो ।
यद्यपी आर्थिक वृद्धिमा अझै धेरै चुनौति भने रहेको विश्व बैंकले जनाएको छ । सन् २०१५ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन ३ दशमलब ३ प्रतिशतमा झरेको थियो भने त्यसको एक वर्षपछि सन् २०१६ मा १४ वर्ष यताकै सबै भन्दा कम विन्दु अर्थात शून्य दशमलब ४ प्रतिशतमा झरेको थियो । विश्व बैंकले यो वर्ष नेपालको धान उत्पादन ५० लाख टन भन्दा बढि हुने प्रक्षेपण गरेको छ जुन गएको वर्षको तुलनामा १० लाख टन बढि हो । 
अहिले नेपालको पर्यटन क्षेत्रमा सुधार आएको, थोक तथा खुद्रा व्यापार सामान्य हुँदै गएको, यातायात क्षेत्रमा समेत उल्लेख्य सुधार आएको, भुकम्पका कारण रोकिएका १ सय मेगावाट भन्दा बढि जलविद्युत आयोजना समेत संचालनमा आउन थालेको विश्व बैंकले जनाएको  छ । आर्थिक वृद्धिदर बढेपनि नेपालमा निर्यात भन्दा आयात उच्च रहेको विश्व बैंकको भनाई छ । 

Labels:

मोटरसाईकल दुर्घटनामा २ जना म्यादी प्रहरी घाईते


सप्तरी, बैशाख २७ गते।
 
सप्तरीको कंचनपुर नगरपालिका १३ स्थित राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना म्यादी प्रहरी घाईते भएका छन्।
 
घाईते हुनेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मोटरसाईकल चालक सोही नगरपालिका ७ बस्ने प्रबिन सरदार र पछाडी सवार रहेका अशोक सरदार घाईते भएका हुन्।
 
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ५३१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
 
घाईते दुबैजनाको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय ठलियाले जनाएको छ।

Labels:

भन्सार छलेको कस्मेटिक सामान बरामद



इलाम, बैशाख २८ गते।


इलामको पशुपतीनगरबाट प्रहरीले बुधबार भन्सार छलेको ७ हजार ३ सय ५० मुल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार बुझाएको छ।

बरामद समानहरुमा नेचुरल पाउडर, सेन्टेल फेयरनेस क्रिम, हेण्ड सप, मिल्क हनी फेसवास, ईकोलेजन,रोयल भेल्भेट,आईक्रिम,नोभेग,भेरमी, लेडिज पर्स र अपटिमेल्स रहेका छन्।
इलाम रोङ गाउँपालिका-४ बाट बेबारीशे अवस्थामा छाडेको उक्त समान प्रहरी चौकी किटेनीबाट खटीएको गस्ति टोलीले बरामद गरेको हो। बरामद समान भन्सार कार्यालय पशुपतिनगर ईलाममा बुझाएको प्रहरीले जानएको छ।

Labels:

बिजुलीको पोल फेर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु


धनकुटा, बैशाख २८ गते।
धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन्। विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Labels:

५ किलो चरेससहित एक पक्राउ

झापा, बैशाख २८ गते।

झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ बर्षिय सिंह बहादुर लामा रहेका छन्।
लामालाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा तथा जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ।

Labels:

सिरहाको यातायात ब्यबस्था कार्यालयमा अज्ञात समूहद्धारा बम बिष्पोट

Image result for bomसिरहा, बैशाख २८ गते।
 
सिरहाको लहान नगरपालिका ८ स्थित यतायात ब्यबस्था कार्यालयमा बिहिबार अज्ञात समूहले बम बिष्पोट गराएको छ।
 
कार्यालय प्रमुखको कार्यकक्ष संगै जोडीएको सार्बजनिक ट्वाईलेट भित्र बम पड्किएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
 
घट्नाको जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ।
 
बम पड्किएर ट्वाईलेटको सिसा, वाल चर्किएको छ भने उक्त स्थानमा हरियो झोलाको फित्ता , प्रेशर कुकरको सिठ्ठी र कन्टेनर फेला परेकोले प्रेशर कुकर बम हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन आएको छ।
 
घट्नामा कुनैपनि मानबिय क्षति भएको छैन्। घट्नाबारे आवाश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

Labels:

एचआइभीको उपचारमा ठूलो सफलता, संक्रमितको जीवनकाल सामान्य बन्दै

Image result for hiv aids
वैशाख २८ – एचआइभी भाइरस विरुद्धको औषधि प्रयोग गरिरहेका युवाको जीवन प्रत्यासा अर्थात जीवनकाल सामान्य जस्तै बन्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । द ल्यानसेट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदन अनुसार उपचार विधिमा भएको सुधारका कारण एचआइभीको औषधि प्रयोग गरिरहेका युवाहरुको जीवन प्रत्यासा सामान्य मानिसको जस्तै बन्दै गएको देखिएको छ । सन् २०१० मा २० वर्षको रहँदा एचआइभी भाइरस विरुद्धको उपचार पद्धती एन्टिरेट्ट्रोभाइरल थेरापी सुरु गरेका एचआइभी संक्रमितको जीवनकाल सन् १९९६ देखि थेरापी प्रयोग गरेकाको भन्दा १० वर्ष बढी पाइएको छ । एचआइभी संक्रमण भएको थाहा पाउने बित्तिकै उपचार सुरु गरेमा स्वस्थ तथा लामो जीवन पाउन सकिने डाक्टरले बताएका छन् । विश्वमा अहिले पनि आफूलाई एचआइभी संक्रमण रहेको थाहा नपाएका धेरै व्यक्ति रहेका छन् । यस्ता व्यक्तिलाई उपचारको दायरामा ल्याउन सके उनीहरुको जीवनकाल सामान्य जस्तै बनाउन सकिने अनुसन्धानमा संलग्न वैज्ञानिक तथा सरोकारवाला निकायले बताएका छन् ।
एचआईभी उपचारका लागि प्रयोग भएका नयाँ औषधि जसको साइड इफेक्ट अर्थात दुष्प्रभाव कम हुँदै जानु जीवन प्रत्यासा बढ्नुको कारण रहेको अनुसन्धानमा संलग्न बेलायतको ब्रिस्टोल विश्वविद्यालयका वैज्ञानिकले बताएका छन् । नयाँ औषधिले शरीरको रोग प्रतिरोधात्कम क्षमता नोक्सान गर्नबाट एचआइभी भाइरसलाई धेरै हदसम्म रोकेको उनीहरुको भनाई छ ।
पछिल्ला औषधिले भाइसलाई सक्रिय बन्नबाट पनि रोकेको अनुसन्धानकर्ताले बताएका छन् । एचआइभीको उपचारमा भएको सफलता अर्थात एआरभी मानव स्वास्थ्यको क्षेत्रमा पछिल्लो ४० वर्षमा भएको सबैभन्दा ठूलो सफलता रहेको उनीहरुले बताएका छन् । 

Labels:

परीक्षा बोर्डको नियन्त्रकमा बतास नियुक्त, अर्यालविरुद्धको छानविन प्रतिवेदन तयार


काठमाडौं, वैशाख २८ – राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रकमा डम्बर कुमार बतासलाई नियुक्त गरेको छ । कक्षा ११ को परीक्षा सुरु हुन लाग्दा बोर्ड बैठकले दुई सातापछि परीक्षा नियन्त्रकमा बतासलाई नियुक्त गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो । 
यसअघि कक्षा १२ को परीक्षा चलिरहेका बेला प्रश्नपत्र छपाई र वितरणमा लापरबाही गरेको भन्दै तत्कालीन परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेबारीबाट हटाएको थियो ।
त्यसपछि बोर्डले जयन्ती सत्याललाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिएर वैशाख २२ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेको हो । चुनावका कारण जेठबाट सुरु गर्ने भनिएको परीक्षा मिति सारिएपनि फेरि दोश्रो चरणको चुनावले गर्दा कक्षा ११ को परीक्षा पनि सर्न सक्ने बोर्डले जनाएको छ । 

अर्यालविरुद्धको छानविन प्रतिवेदन तयार

कक्षा १२ को प्रश्नपत्र थोरै छपाएर लापरबाही पूर्ण काम गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा चलिरहेकै बेला तत्कालीन परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट हटाएको थियो । अर्यालको गैरजिम्मेवारीबारेमा शिक्षा मन्त्रालयले सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान अगाडि बढाएको थियो । 
समितिले पाएको एकहप्ताको अवधिभित्र छानबिन गरेर प्रतिवेदन शिक्षामन्त्री धनिराम पौडेललाई बुझाइएको लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई सिफारिस गरेको छ ।  तर बोर्डका सदस्य सचिव रिमालका अनुसार प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । उहाँले एक दुई दिनमा प्रतिवेदन खोलेर हेर्ने जानकारी दिनुभयो ।
‘प्रतिवेदन आएको छ । तर खोलेर हेरेका छैनौँ । अब एक दुई दिनभित्र हेरेर कार्यान्वयन गर्नेछौँ ।’ उहाँले भन्नुभयो । तर प्रतिवेदन पेश भएको एक हप्ता बितिसक्दा पनि बोर्डले कार्यान्वयनमा ल्याएको छैन । वैशाख १३ गते अर्याललाई जिम्मेवारीबाट हटाएर मन्त्रालयले छानविन अगाडि बढाएको थियो । 
छानविन समितिले पाएको हप्ता दिनभित्र अनुसन्धान गरी वैशाख २१ गते नै प्रतिवेदन बुझाएको समिति संयोजक लम्सालले जानकारी दिनुभयो । 

विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली


वैशाख २८, २०७४- एमाले अध्यक्ष केपी ओलीले देशको विकास गराउन चाहेमा पैसाको खाँचो नहुने दाबी गरेका छन् । बिहीबार चितवनमा पार्टीले स्थानीय चुनावको प्रचारका लागि गरेको सभामा ओलीले विश्वका विभिन्न मुलुकहरुसँग पैसा भएको र उनीहरुले सहुलियतमा ऋण दिन चाहेको पनि बताए । 
'अहिलेका प्रधानमन्त्री नियुक्त हुने बित्तिकै सोधे, बाटो पनि बनाउने, रेल पनि कुदाउने तर त्यसका लागि पैसाचाहिँ कहाँबाट ल्याउने ?' उनले भने, 'मैले भनें, काम गर्छु भन्नुस् पैसा म ल्याउँछु । मसँग पैसा छैन होला । तर, दुनियाँसँग छ ।'
यसअघि उनले चितवनको विकासका लागि एमालेसँग योजनाहरु रहेको उल्लेख गरेका थिए । भरतपुरमा मेट्रो चलाउनेदेखि स्मार्ट सीटी बनाउने, पर्यटन हव बनाउनेसम्मको कुरा उनले गरेका थिए । फेरि उनले एक सिंगे गैंडाको प्रसंग उठाए । भने, 'नेपाल मात्र एक सिंगे गैडा पाइन्छ, त्यो पनि चितवनमा मात्र । बिदेशीहरु यो हेर्न नआएर कहाँ जानु ।'
त्यसैगरी उनले ०५१ सालमा एमालेको सरकार बन्नु भन्दा अघिको प्रसंग उठाए । 'एमालेले बुढाबुढीहरुलाई गोली हानेर मार्छन् भन्ने हल्ला फिंजाएको थियो' उनले भने, 'एमालेको सरकार बनेपछि हामी बृद्धाभत्ताको व्यवस्था गर्यौं । त्यसपछि हाम्रो विरोध गर्नेहरु बुढाबुढीले देख्छन् भनेर लुक्दै हिंडे ।' 

Labels:

रसुवागढी नाका बन्द भएपछि चिनियाँ भू-भागमा नेपाली अलपत्र


वैशाख २८, २०७४- आइतबार हुन गइरहेको स्थानीय तह चुनावका लागि रसुवागढी नाका सिल गर्दा ४० जना नेपाली चीनको रेसुओपोर्टमा अलपत्र परेका छन् । 
सामान लिन चीनको केरुङ गएका स्थानीय चालक, स्थानीयवासी, सहचालक र व्यापारी गरी ४० जना चीनको भू-भागमा थुनिएको कालिका गाउँपालिकाका स्थानीय व्यापारी मुकुन्द पौडेलले फोनमा जानकारी दिए । ‘उता ४० जना थुनिएका छन्,’ उनले भने,‘चुनाव आइसक्यो । झर्दै गर्दा थुनिए । भोट खेर जाने भो ।’ प्रहरी र स्थानीय प्रशासनले आफ्ना नागरिक के कति छ भनेर सोधखोज र जानकारी नदिई बोर्डर सिल गरेको प्रति आक्रोश पोखेका छन् । एक व्यापारीले भने,‘कुनै जानकारीबिना बोर्डर सिल गरेर हुन्छ ?’यस विषयमा रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरुले आफूलाई कुनै जानकारी नभएको बताए । 
चीनले रसुवागढीदेखि १२ किलोमिटर भू-भागमा वैकल्पिक सडक ट्याक निर्माणको काम केही समय थाती राखेर पुन: नेपाली कन्टेनरलाई चीनको भू-भाग केरुङ सामान लिन जान दिएको थियो । दैनिक १५—२० वटा कन्टेनर चीनको केरुङभन्दा ५ किमि क्षेत्र पाङसिङबाट सामान लोड अनलोड गरी आयात गर्दै आएका थिए । बोर्डर सिल भएपछि चीनको केरुङमा रहेका डेढसय कन्टेनरलाई समेत असर पुगेको छ । चीनबाट फलफूल, व्लाङ्केट, थर्मस, ईलोक्ट्रानिक सामान, सिरक, जिम्बु, खेलौना, तयारी लुगा, ज्याकेट, व्याग, जुत्ता, चप्पललगायत आयात हुने गरेको छ भने यहाँबाट चिउरा, सख्खर, वनस्पति घिउ, खुर्सानी, आङका, क्यूरियो सामान लगायत निर्यात हुने गरेको छ । 
बुधबार रातिबाट रसुवागढीको बोर्डर सिल
स्थानीय प्रशासनले निर्वाचन हुनभन्दा ७२ घण्टा अगाडि रसुवाको बोर्डर सिल गरेको जनाएको छ । बोर्डर सिल गराउन दुई दिनअघि चीनको केरुङमा बैठक बसेको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहित सुरक्षा टोलीले जिलोङ काउन्टीका चिनियाँ सहायक प्रशासनिक अधिकारी, भन्सार प्रमुख, क्वारेन्टाइन, अध्यागमन, सीमा प्रमुखहरुबीच बैठक गरी चुनावसम्म बोर्डर बन्द गराउन सहमत भएका थिए । प्रजिअ न्यौपानेले छलफल गरी बोर्डर सिल गरिएको बताए । चुनाव सकिएको राति १२ बजेसम्म ९६ घण्टा नाका बन्द हुने प्रजिअ न्यौपानेले बताए ।  

Labels:

जुँगू हत्या घटनापछि दोलखामा सुरक्षा व्यवस्था कडा

वैशाख २८, २०७४- एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यापछि दोलखामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 
दोलखालाई अति सम्वेदनशील जिल्लामा राखेर चुनावी सुरक्षा योजना बनाएपछि यहाँको सुरक्षा कडा पारिएको हो । हत्या घटनाको अनुसन्धान गर्न प्रहरीले छुट्टाछुट्टै विशेष टोली खटाएको छ । गौरीशंकर गाउँ पालिका-२ जुँगुका एमाले सदस्य पदका उम्मेदवार गोरे तमाङले छोराको हत्या गर्ने ३९ माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय टोली यहाँ आएका हुन् ।

हत्यामा बाहिरको मानिससमेत परिचालन भएको जाहेरी परेपछि शंकास्पद बाहिरका व्यक्तिहरुलाई निगरानी बढाइएको प्रहरीले जनाएको छ । 
घटनाको अनुसन्धान गर्न प्रहरीले जिल्लाबाहेक अन्य तीन निकायबाट टोली खटाएको हो । उनीहरुले हत्या घटनाको जिम्मेवारी अनु्सार काम थालिसकेका छन् । जनकपुर अञ्चलका प्रहरी प्रमुख एसएसपी सुवास चौधरी हेलिकप्टरबाट घटनास्थल अनुसन्धान गरेर सदरमुकाम चरिकोटलाई मुकाम बनाई काम गरिरहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले अनुसन्धानको काम सुरु गरेको जानकारी दिएका छन् । त्यसैगरी प्रहरी प्रधान कार्यालयको कार्यदलका एसपी सुदीप गिरीको नेतृत्वमा विशेष टोली पठाइएको छ । 
माओवादी नेता, कार्यकर्ता प्रत्यक्ष संलग्न भनिएको उक्त घटनाको अनुसन्धानको शिलसिलामा केहीलाई गिरफ्तार गरेको दावी प्रहरीको छ । आठ जना पक्राउ परिसकेको र मुख्य अभियुक्तको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रवीन कार्कीले बताए ।
आयोगको पनि टोली
दोलखा जुँगु हत्या घटनाको छानबिन गर्न निर्वाचन आयोगले  पनि निर्वाचन आयुक्तको नेतृत्वमा छुट्टै अनुसन्धान टोली गठन गरेको छ । आयुक्त सुधीर शाहको नेतृत्वमा समिति गठन गरिएको हो ।
निर्वाचन आयोगले उक्त घटनालाई गम्भिर रुपमा लिएर आयुक्तको नेतृत्वमा छानवीन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । उनले दोलखा घटनापछि सुरक्षा सतकर्ता थप बढाइएको समेत बताएका छन् । 
स्थानीय तहको चुनावमा निर्वाचन आयुक्तकै नेतृत्वमा कुनै बिशेष घटनाको छानबिन गर्न टोली गठन गरेको यो पहिलो पटक हो । निर्वाचन आयुक्त शाह दोलखा पुगेर छानबिन गर्ने आयोगले जनाएको छ । 
बढ्यो सुरक्षा चुनौती
निर्वाचन प्रभावित पार्न जिल्लाबाहिरका व्यक्तिहरुको भित्रिएको आशंकामा हालसम्म ६६ जना शंकास्पदलाई दोलखा प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
पक्राउ परेका केहीँ भने निर्वाचनका लागि काम गर्न भाडामा आएका खुलेको छ । शंकास्पद भनिएकाहरु दोलखा जिल्लाबाहिरका नागरिक रहेको प्रहरीको भनाई छ । अनुसन्धानपछि उनीहरु छुट्ने बताइएको छ ।
प्रहरीले दोलखाको विभिन्न नाकामा कडा निगरानी बढाएको छ । मोटर र मोटरसाइकलहरु खनतलासीपछि मात्र छाड्ने गरेको छ । मतदातालाई आतंकित बनाउन र मत हाल्नबाट बञ्चित गर्न अन्य जिल्लाबाट समेत आउनेक्रम बढेको सुराकीपछि पक्राउ अभियान चलाएको प्रहरीको भनाई छ ।
प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कार्कीले शंकास्पद ढंगले जिल्ला भित्रिएकाहरुले प्रयोग गरेका एउटा बस र नौ वटा मोटरसाइल समेत नियन्त्रणमा लिएको छ । 
दोलखा प्रहरीले जिल्ला भित्रिदा जिल्लावासी भएको प्रमाण र अन्य कामले भित्रिएको भए त्यसको प्रमाण लिएर आउन अनुरोध गरेको छ । यो क्रम निर्वाचन नसकिएकोसम्म जारी रहने छ । 

Labels:

Wednesday, 10 May 2017

आज २५६१ औं बुद्ध जयन्ती मनाइँदै


वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।     छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।    यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । वुद्ध यजन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले आज एक शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ ।” मुलुकको  बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उहाँले जनताको लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।

Labels: