Sunday, 21 May 2017

स्थानीय तहको संख्या थपिन्छ : प्रधानमन्त्री

जेष्ठ ७, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन गर्न हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन मधेस केन्द्रित दललाई आग्रह गरेका छन् । 
जनकपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने– सरकार मधेस मुद्दा समाधानको लागि प्रतिबद्ध छ । तपाईंहरु निर्वाचनमा आउनुहोस् । निर्वाचनलाई संघर्षको रुपमा उपयोग गर्नुहोस् ।
दाहालले तराईंमा स्थानीय तहको संख्या बृद्धि गरिने बताए । उनले मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा फिर्तालगायत मन्त्रिपरिषद्ले गर्नसक्ने काम एक दुई दिनभित्रै गरिने उनले बताए । 
संविधान मार्फत प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिकतासहितका उपलब्धीहरुलाई संस्थागत गर्न निर्वाचन आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही शक्ति यी उपलब्धि उल्टाउन खोजेको बताए ।
उनले संविधान संशोधनको विषयलाई मुद्दा बनाएर निर्वाचनमा जान मधेस केन्द्रित दलहरुसंग आग्रह गरे । उनले भने, ‘तपाईंहरु निर्वाचनमा आउनोस् । हामी संविधान संशोधनको लागि प्रतिबद्ध छौं । जुन दिन दुई तिहाई पुग्छ , त्यही दिन संशोधन हुन्छ ।’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा जान आफूहरु तयार रहेको उल्लेख गर्दै यसका लागी सकारात्मक वातावरण बनाई दिन प्रधानमन्त्री दाहालसँग आग्रह गरे । 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home