लुम्बिनी अञ्चल बन्द
रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज लुम्बिनी अञ्चल बन्दको घोषण गरिएको छ । युवा संघले तिवारीको षड्यन्त्रमूलक ढंगबाट हत्या भएको भन्दै आन्दोलनको घोषणा गरेको हो । बन्दका कारण यातायात, बजार, कलकारखाना, शिक्षणसंस्था ठप्प बनेका छन् ।
संघका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज सुजु मल्ल र जिल्ला सचिव नकुल शाहीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म जिल्ला बन्द फिर्ता नहुने जनाएका छन् । तिवारीको हिजो गोली प्रहारबाट हत्या भएको थियो ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home