Tuesday, 20 December 2016

‘दुर्लभ रोग’को शल्यक्रिया सफल



चितवन मेडिकल कलेजमा विश्वमै दुर्लभ मानिने ‘क्यान्सरम ओरिस’ रोगका बिरामीको सफल शल्यक्रिया गरिएको छ । सोलुखुम्बु बुंगदोभानकी १८ वर्षीया सरिता राईको अनुहारमा देखिएको संक्रमणको चिकित्सक सुशील सुवेदी नेतृत्वको टोलीले शल्यक्रिया गरेर ज्यान बचाएको हो ।
रोगको संक्रमणपछि राई लामो समय बिरामी थिइन् । काठमाडांैका विभिन्न अस्पतालमा शल्यक्रिया गर्दा पनि निको नभएपछि उनी यहाँ आएकी थिइन् । ‘उनको अवस्था सुरुमा नाजुक थियो,’ चिकित्सक सुवेदीले भने, ‘शल्यक्रियापछि उनको अवस्था सामान्य छ र बोल्न सक्ने भएकी छन् ।’ सुवेदीसँगै डा। सुुमित सिंह र डा। गोपेन्द्र देवको संयुक्त टोलीले ७ घण्टा लगाएर शल्यक्रिया गरेको थियो ।
यो रोग लागेपछि अनुहारमा किटाणुबाट संक्रमण भई मासु कुहिन्छ, जसबाट अनुहारको माथिल्लो र तलको भागको हड्डी जोडिएर मुख खोल्न सकिँदैन । ‘जिब्रोसमेत बाहिर निकाल्न नसक्ने भएपछि राईको अवस्था गम्भीर भएको थियो, डा। सुवेदीले भने, ‘अहिले उनको अवस्थामा सुधार देखिएको छ ।’ चिकित्सक टोलीले जोडिएको हड्डीलाई छुट्याएर दुवैतिरको हड्डी बाहिर निकालिदिएपछि बिरामीले मुख खोल्न र खान सक्दैनन् ।

अस्पतालले उनको उपचार निस्शुल्क गरेको जनाएको छ । अनुहारमा यस्तो रोग देखा परेपछि उनी विद्यालय जान पनि सकिनन् । अहिले यस्तो संक्रमण भएका रोगी ३५ पुगेको चिकित्सक बताउँछन् । यो रोग लागेपछि मानिसले बोल्न र मुख बाउन सक्दैनन् । सानै उमेरमै रोग देखा परेकाले आफूले सामान्य अध्ययनसमेत गर्न नपाएको राईले दुखेसो पोखिन् ।

‘सानैदेखि मेरो अवस्था यस्तै भयो,’ उनले भनिन्, ‘अब ठीक होला जस्तो छ ।’ बाबु जकन्ते र आमा डल्लीमायाको मृत्युपछि उनी बेसहारा थिइन् । अभिभावक नभएकाले उपचारमा हेलचेक्रयाइँ भएको थियो । ‘पहिलेदेखि उपचार गर्न पाएको भए ठीक हुन्थ्यो होला,’ राईकी दिदी मदनकुमारीले भनिन्, ‘अभिभावक नभएपछिको पीडाले बिरामीको अवस्था नाजुक बनेको हो ।’

यहाँ राम्रो उपचार हुने सुनेपछि बहिनीलाई लिएर आएको उनले बताइन् । अस्पतालले ९ दिनसम्म राखेर उनको उपचार निस्शुल्क गरेको हो । १९ गते भर्ना भएकी उनको २१ गते शल्यक्रिया गरिएको थियो । समयमै उपचार हुन नसके मासु कुहिएर क्यान्सर हुने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।
- See more at: http://shivanewsonline.blogspot.com

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home