Sunday, 18 November 2018

तिमिनै मेरो जिबन सार्वजनीक(भिडियो सहित)

बिराटनगर,मंगसिर २ /
शिवम मिश्र प्रशान्त,
समन अधिकारी द्वारा निर्देशीत नयाँ म्यूजीक भिडियो म्युजिक नेपाल बाट सार्वजनीक भएको छ । प्रतिक श्रेष्ठ र सुप्रिया कट्वालको अभिनय रहेको "तिमिनै मेरो जिबन" बोलको गितको म्यूजीक भिडियो सार्वजनीक भएको हो । गायक निखील राउतको स्वर रहेको उक्त गीतमा नितीन गजुरेलको संगीत रहेको छ भने भुपेन्द्र तुम्हाम्फेले गितको छाँयाँकन गरेको छन् ।
निकैलामो समय पछि रिलीज गरीएको यो गित लाई निकैनै अपेक्षा गरीएको गायक निखिल राउत ले बताएका छन् ।
भिडियो:-

Labels: , ,

Tuesday, 27 March 2018

रुस विरुद्ध 'ऐक्यबद्धताको असाधारण प्रदर्शन'

वाशिंगटनस्थित रुसी दूतावास
अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कसले ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्।
मस्कोले क्राइमियालाई अधिग्रहण गरेयता रुस तथा पश्चिमा देशहरुबीच भएको सबैभन्दा गम्भीर कूटनीतिक संकट यो घटनाक्रमसँग विकास भइरहेको उनको विश्लेषण छ।

कूटनीतिक जित?

रुसी पक्षले अस्वीकार गरेपनि ब्रिटेनका साझेदारहरुले स्पष्ट रुपमा यो धारणालाई स्वीकार गरिसकेका छन् कि सोल्जबरीमा भएको हमलामा सैन्य-प्रयोजन स्तरको पदार्थ प्रयोग गरिएको कार्यमा रुसी राज्यकै संलग्नता रहेको धेरै सम्भावना छ।
संयुक्त राज्य अमेरिका तथा ईयू राष्ट्रहरुले रुसी कूटनीतिज्ञहरुलाई निष्का गर्न संयुक्त रुपमा आदेश दिनु ऐक्यबद्धताको एउटा असाधारण प्रदर्शन हो।
ईयूबाट ब्रिटेन औपचारिक रुपमा बाहिरिने - ब्रेक्जिटसम्बन्धी छलफलका कारण ब्रिटेन-ईयूबीचको सम्बन्धमा तनावहरु कायमै भए पनि ईयू देशहरुबाट यस्तो निर्णय लिइनु उल्लेखनीय रहेको मार्कसको विश्लेषण छ।
प्रधानमन्त्री टर्नबुल
यूरोपेली आयोगका प्रमुख डोनल्ड टुस्कको 'थप यस्ता कारबाही अझै गरिन सकिने' भन्ने टिप्पणी गरेका छन्।
प्रधानमन्त्री टरिजा मे का लागि यो एउटा महत्तवपूर्ण कूटनीतिक जित हो।
रासायनिक हमलाको विषयमा ब्रिटेनले उसका साझेदारहरुबाट मौखिक रुपमा बलियो समर्थन पाएपछि यो संगठित कारबाही पनि भएको छ।
साथै मस्कोप्रति ट्रम्प प्रशासनले कडा रबैया अपनाएको समेत देखिएको छ।

Labels: ,

Monday, 26 February 2018

श्रीदेवीको मृत्यु पानीमा डुबेर !

दुबई — शनिबार राति दुबईमा मृत्यु भएकी बलिउड सुपरस्टार श्रीदेवीको मृत्युको समाचार आएदेखि नै उनको मृत्युलाई अप्रत्याशित मानिएको थियो । ५४ वर्षीया अभिनेत्रीको मृत्यु हृदयघातका कारण भएको भन्ने समाचार आएका थिए । तर, सोमबार युएईमा गरिएको उनको शवको पोस्टमार्टमले उनको मृत्यु पानीमा डुबेर भएको देखाएको छ ।
युएईको स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा फेवु्रअरी २४ मा ‘एक्सिडेन्टल ड्रअनिङ’का कारण उनको मृत्यु भएको जनाइएको छ। श्रीदेवी बोनी कपुर एयप्पन नाममा भनेको उनको यो रिपोर्टपछि उनी पानीमा कसरी डुबिन् भन्ने चर्चा सुरु भएको छ।
यसअघि श्रीदेवीका पति बोनी कपुरले उनलाई होटल कोठाको बाथरुममा बाथटबमा डुबेको अवस्थामा भेटेको बताएका थिए।

बाथरुम छिरेको १५ मिनेटसम्म पनि श्रीदेवी बाहिर ननिस्किएपछि उनले ढोका खोलेर हेर्दा बाथटबमा डुबेको अवस्थामा भेटेको बताएको इन्डियन एक्सप्रेसले जनाएको छ। श्रीदेवीको शवलाई आजै भारत ल्याउने तयारी गरिएको छ।

Labels:

Sunday, 25 February 2018

बेलायत आउने युरोपेली घटे

लन्डन — युरोपेली संघका सदस्य राष्ट्रबाट बेलयात आउने मानिसको संख्या घटेको छ । बेलायतको तथ्यांक संकलन गर्ने निकाय ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ ले युरोपेली संघबाट बेलायत आउनेको संख्या वर्षको एक लाखभन्दा कममा झरेको जनाएको छ । यो गत ५ वर्षयताकै कम हो । 
तथ्यांक कार्यालयले सन् २०१६ सेप्टेम्बरदेखि २०१७ सेप्टेम्बरबीचमा केवल ९० हजार युरोपेलीमात्र बसोवास गर्ने उद्देश्यले बेलायत आएको उल्लेख गरेको छ । यस्तो संख्यालाई खुद आप्रवासन (नेट माइग्रेसन) पनि भनिन्छ । बेलायतले युरोपेली संघ (इयू) छाड्ने पक्षमा मतदान गरेपछि ईयूबाट बेलायत स्थायी बसोबासका लागि आउने मानिसको संख्या घटै गएको हो । बेलायत युरोपबाट अलग हुने (ब्रेक्जिट) प्रक्रिया अगाडि बढिरहँदा बेलायतमा रहेका पूर्वी युरोपेली नागरिकसमेत स्वदेश फर्कने चिन्ता व्यक्त भएको छ ।

व्यावसायिक समूहले घट्दो युरोपेली आप्रवासीका कारण दक्ष जनशक्ति अभाव बढ्ने चिन्ता व्यक्त गरेका छन् । युरोपेली नागरिकबाहेक अन्यत्र देशका कामदारलाई बेलायत आएर काम गर्न थप कडाइ गरिएकाले व्यवसायीमा चिन्ता छाएको हो । कन्फेडेरेसन अफ ब्रिटिस इन्डस्ट्रीले पनि बेलायतले आप्रवासीलाई आकर्षित गर्नुपर्नेमा त्यसो नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

ब्रेक्जिट प्रक्रियामा अनिश्चितताले गर्दा बेलायती अर्थतन्त्रसमेत अपेक्षा गरिएभन्दा कम वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको जनाएको छ । यसअघि कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरिएको थियो ।

बेलायतको वार्षिक वृद्धिदर सन् २०१२ पछिको सबभन्दा कम विन्दूमा पुगेको थियो । तर, बेलायती अध्यागमन मन्त्री क्यारोलिन नोक्सले भने वार्षिक हजारौं आप्रवासी घटाउने सरकारको कदममा नयाँ तथ्यांक स्वागतयोग्य भएको बताएकी छन् । बेलायतमा अहिले करिब ३० लाख युरोपेली नागरिक बसोबास गरिरहेको अनुमान छ । बेलायत ईयूबाट आगामी मार्च २०१९ बाट औपचारिक रुपमा बाहिरिने छ ।

प्रधानमन्त्री टेरेजा मेले गत बुधबार सन् २०१९ मा औपचारिक रूपमा ईयूबाट अलग्गिएपछि बेलायत बस्ने सबै युरोपेली नागरिकको दर्ता प्रणाली विकास गरिने प्रतिज्ञा गरेकी थिइन् । पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत अध्यागमन नियममा कडाइ गरिएपछि बेलायतको शैक्षिक गन्तव्यको आकर्षण घटन थालेको छ । हायर एजुकेसन पोलिसी इन्सटिच्युट र कप्लान इन्टरनेसनल पाथवेजले गरेको एउटा अनुसन्धानअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतको अर्थतन्त्रमा वार्षिक २० बिलियन पाउन्डभन्दा बढी योगदान गरेको उल्लेख छ ।

बेलायतले सन् २०१७ मा करिब १५ हजार शरणार्थी लिएको थियो, जसमा ४० प्रतिशत बालबालिका थिए । २० हजार सिरियाली शरणार्थी लिने योजनाअनुरूप १० हजार ५ सय बेलायत आइसकेको ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ले जनाएको छ ।

Labels: ,

Tuesday, 9 May 2017

दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन

मतदानदक्षिण कोरियामा एउटा भ्रष्टाचार प्रकरणमा परेर भूतपुर्व राष्ट्रपति पदच्यूत गरिएपछि समय अगावै आयोजना गरिएको राष्ट्रपतीय निर्वाचनमा मानिसहरु मतदान गर्दैछन्।
उदारवादी मून जाए लोकप्रिय देखिन्छन् भने मध्यमार्गी आह्न चेओल-सू उनका सबैभनदा नजीकका प्रतिद्वन्द्वी हुन्।
मूनलर् जितेमा दक्षिण कोरियाले उत्तर कोरियाका बारेमा लिएको नीति परिवर्तन गर्नसक्छ।
मूनले उत्तर कोरियासंग सम्बन्ध बढाउन चाहेका छन्।

प्रकृया

तर देशका जनताका लागि भ्रष्टाचार र अर्थतन्त्रको चिन्ता अझ ठूलो छ।
१३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको चुनावमा हालसम्मकै ठूलो संख्यामा मतदाताहरु उपस्थित हुने अनुमान गरिएको छ।
स्थानीय समयको बेलुकी ८ बजे सम्म मतदान गर्न सकिनेछ र त्यसको केही समयमै विजेता घोषणा गरिने अनुमान गरिएको छ।
नयाँ राष्ट्रप्रमुखले बुधबार शपथग्रहण गर्ने सम्भावना रहेको छ। बिबिसी 

Labels: