पूर्वराजा ज्ञानेन्द्रको पहिलो सार्वजनिक भाषण, उपस्थिति कमजोर
पूर्वराजा ज्ञानेन्द्र शाह विहीबार पशुपति क्षेत्रमा अवस्थित वनकालीमा आयोजना गरिएको ‘विराट हिन्दु सम्मेलन’ मा भाषणका लागि उपस्थित भए । पूर्वराजाको यो पहिलो औपचारिक सार्वजनिक सम्वोधन हो ।
पूर्वराजाले सभालाई सम्वोधन गर्न लिखित भाषण लिएर आएको उनी निकटस्थहरुले अनलाइनखबरलाई जानकारी दिए ।
पूर्वशाही पाश्ववर्ती एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष एवं अन्तरराष्ट्रिय विराट हिन्दु सम्मेलनका आयोजक भरतकेशर सिंहको आयोजनामा यो सभा गर्न लागिएको हो । सभाको शाहले पानसमा वत्ती बालेर उदघाटन गरेका छन् ।
यद्यपि यो सभामा हिन्दु राष्ट्रको अभियान चलाइरहेका खुमबहादुर खड्का र राप्रपा नेपाल लगायतको भने सहभागिता छैन । तर सम्मेलनमा राप्रपा नेपालका सांसदहरू पनि उपस्थित छन् ।
विश्व सम्मेलन भनिए पनि वनकालीमा पूर्वराजाको पहिलो सम्वोधन हुने सभामा उपस्थित जनसमुदाय भने खासै धेरै नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, कार्यक्रम हुँदै गर्दा मानिसहरु आउने क्रम पनि बढिरहेको छ ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home