एलडीओ नहुँदा धनुषाको कामकाज ठप्
२१ जेठ, जनकपुर । जिल्ला विकास समिति धनुषामा स्थानीय विकास अधिकारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीलाई वैशाख अन्तिम साता सरुवा गरेको र निमित्त पाएका जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राजकिशोर साह पनि गोष्ठी, सभा तथा अधिकांश समय विभिन्न कामको वाहानामा कार्यालय बाहिर बस्दै आएपछि सेवाग्राहीलाई सास्ती भएको हो ।
आयोजना सम्झौता गर्न आएका दुर्गमका सेवाग्राही मर्कामा परेका छन् । एलडीओको सरुवा लगत्तै जिविस धनुषाका योजना अधिकृत कमल बहादुर कार्कीलाई समेत सिन्धुलीको दुधौली नगरपालिकाको कार्यकारी अधिकृतमा सुरु भएपछि जिविसको कामकाज नै ठप्प हुन पुगेको सेवाग्राहीहरुको गुनासो छ ।
एलडीओ र योजना अधिकृत नहुँदा निमित्त एलडीओको जिम्मा पाएका साहले एउटै योजनाको कामको लागि आदेश लिन पनि महिनौं लगाउने गरेको सेवाग्राहीहरु बताउछन् । एलडीओ नभएकै कारणले ढल्केवरको योजनाको सम्झौता रोकिएको राजनीतिकर्मी चन्देश्वर महतो बताउाछन् ।
आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा जिविस धनुषामार्फत सञ्चालित योजना प्रभावित भएका छन् । चालु आव भित्र योजनाको ३५ प्रतिशत पनि काम भएको छैन । तर, योजनामाथि अस्वस्थ राजनीतिक हस्तक्षेप बढेपछि स्थानीय विकास अधिकारी र योजना अधिकृत जिल्लामा बस्ने वातावरण नभएको निमित्त स्थानीय विकास अधिकारी राजकिशोर साह बताउाछन् ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home