Thursday, 2 June 2016

नवजात शिशु मृत फेला


विराटनगरःविराटनगर–१२ स्थित ग्रिनक्रश अस्तपतालबाट घोघापुल चोकतर्फ जाने सडक छेउमा हत्या गरी फालिएको नवजात शिशुको शव फेला परेको छ ।
  
सोमबार सडकमा कालो प्लाष्टिकको झोलामा प्याक गरी फालेको अवस्थामा दुई नवजात शिशु (बालक) को लाश फेला परेको प्रहरी जानकारी दिएको छ । 

स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । शिशुको शवलाई पोष्टमार्टमको लागि कोशी अंचल अस्तताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।   

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home