Thursday, 2 June 2016

रातो तारा अनलाइनको शुभारम्भ

रातो तारा अनलाइनको शुभारम्

विराटनगर, जेष्ठ १६ गते । विराटनगरबाट एक नयाँ अनलाइन समाचारको शुभारम्भ भएको छ । विराट प्रकाशन प्रालिद्वारा सञ्चालित रातो तारा डट कम ( www.ratotara.com )ले आफ्नो कार्यको शुभारम्भ गरेको हो । विराटनगरमा आज आयोजित एक कार्यक्रमका बीच रातो तारा अनलाइन पत्रिकाको रेड एफएमको स्टुडियोमा सामूहिक रुपमा शुभारम्भ गरिएको हो ।

प्रा.लि.का अध्यक्ष एवं अनलाइनका सम्पादक स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीका अनुसार अनलाइन पोर्टलले समाचार, राजनीति, अर्थ, वाणिज्य, मनोरञ्जन, अन्तर्राष्ट्रिय गतिविधिलाई प्रमुखताका साथ सम्प्रेषण गर्ने बताउनु भएको छ । सो अनलाईन पत्रिकाको कार्यकारी सम्पादकमा गणेश शिवाकोटी रहनुभएको भण्डारीले जनाउनुभयो ।

कार्यक्रममा बी एण्ड बी प्रशारण प्रालिका अध्यक्ष युवराज धाडेवा, निर्देशक हरि प्रसाई, प्रमुख कार्यकारी अधिकृत गणेश शिवाकोटी, वेभसफ्ट युनिभर्सिटीका प्रवन्ध सञ्चालक भवेश मण्डल, विनोद भण्डारी, जनहितका सम्पादक सत्यनारायण शर्माशिवम मिश्रलगायतको उपस्थिति रहको थियो ।

वेभसफ्ट युनिवर्सिटी प्रालिको प्रविधि संयोजनमा निर्माण गरिएको वेभसाइटको प्राविधिक सञ्चालनको जिम्मेवारी पनि स्वयं प्रालिले लिएको कार्यक्रममा जनाइएको थियो 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home