कांग्रेस मुख्यसचिवको राजीनामा
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् ।
तिवारीले आइतबारदेखि लागू हुने गरी शनिबार राजीनामा दिएका हुन् । तत्कालिन सभापति सुशील कोइरालाले मुख्यसचिवमा नियुक्त गरेका तिवारी सभापतिमा शेरबहादुर देउवा विजयी भएपछि राजनीमा गर्ने तयारीमा थिए ।
कांग्रेस स्रोतका अनुसार सभापति देउवाले मुख्यसचिवमा नेपाल शिक्षक संघमा लामो समय क्रियाशील रही कांग्रेस राजनीतिमा लागेका स्याङ्जाका कृष्ण पौडेललाई नियुक्ती गर्ने तयारी गरेका छन् ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home