दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन
दक्षिण कोरियामा एउटा भ्रष्टाचार प्रकरणमा परेर भूतपुर्व राष्ट्रपति पदच्यूत गरिएपछि समय अगावै आयोजना गरिएको राष्ट्रपतीय निर्वाचनमा मानिसहरु मतदान गर्दैछन्।
उदारवादी मून जाए लोकप्रिय देखिन्छन् भने मध्यमार्गी आह्न चेओल-सू उनका सबैभनदा नजीकका प्रतिद्वन्द्वी हुन्।
मूनलर् जितेमा दक्षिण कोरियाले उत्तर कोरियाका बारेमा लिएको नीति परिवर्तन गर्नसक्छ।
मूनले उत्तर कोरियासंग सम्बन्ध बढाउन चाहेका छन्।
प्रकृया
तर देशका जनताका लागि भ्रष्टाचार र अर्थतन्त्रको चिन्ता अझ ठूलो छ।
१३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको चुनावमा हालसम्मकै ठूलो संख्यामा मतदाताहरु उपस्थित हुने अनुमान गरिएको छ।
स्थानीय समयको बेलुकी ८ बजे सम्म मतदान गर्न सकिनेछ र त्यसको केही समयमै विजेता घोषणा गरिने अनुमान गरिएको छ।
नयाँ राष्ट्रप्रमुखले बुधबार शपथग्रहण गर्ने सम्भावना रहेको छ। बिबिसी Labels: अन्र्तराष्ट्रिय समाचार

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home