Sunday, 24 July 2016

कांग्रेस–माओवादी गठबन्धनलाई संसदमा ओलीको प्रश्नको वर्षा

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिने क्रममा नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनलाई प्रश्नको वर्षा गरेका छन् ।
आफू र आफ्नो दलको समेत सक्रिय सहभागितामा बनेको संविधानका अन्तरवस्तु र आधारभूत मूल्य र मान्यतामा आफू प्रतिबद्ध रहेको भन्दै उनले संविधानका प्रति आफू र आफ्नो पार्टीको निष्ठामा कसैले प्रश्न उठाउनु पूर्वाग्रहीमात्र हुने उनले बताए ।
उनले कांग्रेस–माओवादी गठबन्धनलाई प्रश्न गरे – ‘सरकारले आफ्नै बजेटबाट निर्माण गर्ने तयारी भइरहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकको भविष्य के हुन्छ ?’
त्यसैगरी उनले ‘तराईको हुलाकी राजमार्ग आफ्नै बजेटमा निर्माण गर्ने योजना सरकारले बनाएको थियो, त्यसलाई के गर्नुहुन्छ ?’ भनेर सोधे ।
ओलीले सोधे– ‘सदरमुकालाई चार लेनको हाइवेबाट जोड्ने योजना बनाएको थिएँ, ती योजना अब के हुन्छन् ?’
‘ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गलाई दिइएको सुरक्षा भत्ता के गर्नु हुन्छ ?’ उनको अर्को प्रश्न थियो ।
ओलीले सोधे– ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्थालाई के गर्नुहुन्छ ?’
उनले भने, ‘प्रश्न धेरै छन्, सरकारमा जाने केका लागि भन्दै हुनुहुन्छ ?’
प्रश्न वर्षाउने क्रममा ओलीले सोधे– ‘बजेट आश्रित विधेयक फेल गर्नु भयो, धेरै ठूला कुरा गर्नुभएको छ, अब ती विधेयक फेरि ल्याएर पास गर्नुहुन्छ कि के गर्नुहुन्छ ?’
उनले सोधे– ‘तपाईहरुको प्राथमिकतामा आर्थिक विकास र समृद्धि त छ ?’

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home