Sunday, 24 July 2016

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम


विराटनगर, साउन ९ गते।
प्रहरी हवल्दारबाट प्रहरी सहायक निरिक्षक तथा प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका ९ प्रहरी कर्मचारीहरुलाई आज दर्ज्यानी चिन्हले सुशोभित गरिएको छ।
दुई प्रहरी सहायक निरिक्षक पद तथा ७ प्रहरी हवल्दारहरुलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा आज एक कार्यक्रमका विच क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो।
सुशोभित हुने प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षकद्वय चन्द्र किशोर झा, दिपेन्द्र पूर्वे तथा प्रहरी हवल्दारहरु लिला कार्की, सुजन बुढाथोकी, निरकुमार राई, पुरुषोतम चापागाई, ठाकुर प्रसाद दाहाल, विरेन्द्र राय र बिनोद राउत रहेका छन्।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखा काठमाण्डौको बिभिन्न मिति तथा चलानी नम्बरको पत्रद्वारा पदोन्नती भई आज सुशोभित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै क्षेत्रीय प्रहरी प्रमुख घिमिरेले पदोन्नतीसंगसंगै थप जिम्मेवारी आएकोले संगठनको हित र पेशागत मर्यादामा रहेर काम गर्नु निर्देशन दिनुभयो।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home