Sunday, 24 July 2016

विराटनगरको तातो सडकमा मिस नेपाल मलिनाको क्याटवाक

निलो वान पिस र कालो चस्मामा पूर्व नेपाल सुन्दरी गाडीबाट ओर्लदा सबैको ध्यान खिच्यो । गोरी र अग्लो कदकी जोशी विराटनगरको जलजालमोडबाट जहदा चोकतर्फ लाग्दा धेरैको ध्यान खिचन् ।

उनलाई हेर्न टाउको उठाउनेहरुको भीड नै लगोको थियो । शुक्रबार विराटनगरको मुख्य स्थान मेनरोड हुँदै उनी बजारतर्फ प्रवेश गरेकी थिइन् । सन् २०११ की मिस नेपाल मलिना जोशीको सुन्दरताले विराटनगरवासीको ध्यान उनैतिर खिचिदियो ।

कालो हाइहिलमा बिरालो चालमा अघि बढेकी मलिनाले आफ्ना फ्यानलाई अभिवादन गर्न भ्याइन् । आँखाको इशाराले कतिपय फ्यानको भावलाई सम्मान गर्दै उनले उत्तर दिएकी थिइन् । 

जोशी विराटनगर १२ जहदा चोकमा खुलेको दिव्यम क्लोथ सेन्टरको उदघाटन गर्न काठमाडौबाठ विराटनगगर आई पुगेकी हुन् । 

बेलायतमा पढेर उतै हुर्केकी मलिना पसल उद्घाटन आउने कुराले उनलाई प्रत्यक्ष हेर्न चाहनेहरुको मनमा कौतुहलता बढेको थियो । 

विकास राईले नेपाल सुन्दरी मलिा साच्चै सुन्दर रहेको प्रतिक्रिया दिदैं भने,‘मलिना मिस नेपालको लागि योग्य रहीछन् । उनको भाव पनि निकै सकारात्मक भएको पाए ।’   त

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home