Monday, 9 May 2016

एमालेको दमक नगर अधिवेशन तय

दमकः नेकपा एमालेको १० औं दमक नगर अधिवेशन तय भएको छ । आगामी जेठ २८ र २९ गते नगर अधिवेशन गर्ने तय भएको हो । शनिबार बसेको नगर कमिटी बैठकले अधिवेशन गर्ने निर्णय गर्दै विभिन्न समितिहरु पनि गठन गरेको छ । 

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । अधिवेशन सम्पन्न गर्न प्रतिनिधि व्यवस्थापन र राजनीतिक प्रतिवेदन तयारी समितिको संयोजक गेहनाथ पोखरेललाई तोकिएको छ ।  

त्यसैगरी लोकबहादुर अधिकारीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति, इन्द्र गुरुङको संयोजकत्वमा स्वम्सेवक उपसमिति, गेहनाथ पोखरेलको संयोजकत्वमा राजनीतिक प्रतिवेदन उपसमिति, राम बिष्टको संयोजकत्वमा सांस्कृतिक उपसमिति र चन्द्रप्रसाद गुरागाईंको संयोकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको पार्टीले जनाएको छ । 

अधिवेशनका लागि खुल्लातर्फ ७, महिलातर्फ ४ र दलिततर्फ ३ संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनौट हुने नगर कमिटी सदस्य महेश घिमिरेले जानकारी दिए । नगरमा १ हजार ३ सय ३८ संगठित सदस्य रहेको जनाइएको छ । आगामी जेठ २१ गते    प्रतिनिधि छनौट गरिने त्यसका लागि प्रत्येक वडामा निर्वाचन केन्द्र रहनेछन् । 

Labels:

कलंकीमा मोटरसाइकललाई टिपरको ठक्कर, चालकको मृत्यु

काठमाडौं, वैशाख २७ । मोटरसाइकल दुर्घटनामा परी सोमबार चन्द्रागिरि नगरपालिका–२० बस्ने मिलन शर्माको मृत्यु भएको छ ।

बिहान ७ः१५ बजे थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा३ख ७५८६ नम्बरको टिपरले बा३१प ८१२७ नम्बरको मोटरसाइकललाई कलंकी श्यामा पेट्रोल पम्पअगाडि ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलचालक शर्माको उपचारकाक्रममा शिक्षण अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नगरपालिका–१४ बस्ने २३ वर्षीय अशोक महर्जनसमेत गम्भीर घाइते भएका छन् ।

टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Labels:

पिसाब फेरेको निहुँमा’ गलबन्दीले घाँटी बेरेर सुखवीरको हत्या

जितेन्द्र भण्डारी/इमेज
पाँचथर, वैशाख २ । पाँचथरमा आफूतिर फर्केर पिसाब फेरेको निहुँमा साथीको हत्या गर्ने रवि–१ का देउके भनिने अनिलकुमार राईलाई प्रहरीले पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ ।

गत चैत २८ गते धरान प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथरलाई बुझाएको थियो ।

पाँचथरको आरुबोटेमा भएको साँस्कृतिक कार्यक्रमबाट घर फर्कनेक्रममा वलने–९ मा रवि–३ का १८ वर्षीय सुखवीर राईले आफूमाथि पिसाब फेरेको भन्दै अनिलले गलबन्दीले घाँटी बेरेर सुखवीरको हत्या गरेका थिए ।

दुबैजनाले रक्सी पिएको र ‘नगर’ भन्दा–भन्दै पनि सुखवीरले आफूमाथि पिसाब गरेपछि हत्या गरेको बयान अनिल राईले दिएको पनि प्रहरीले जनाएको छ ।

Labels:

बाँदरमा पनि हुन्छ सम्वेदना, साथीको मृत्युमा बाँदरले गरे सडकजाम


सोमबार, १३ बैशाख, २०७३ मा प्रकाशित | 703 पटक हेरिएको
-कमल राना, ईमेज
काठमाडौं, वैशाख १३ । आफ्नो परिवारको सदस्य गुमाउनुको पीडा सबै मानिसमा हुन्छ । प्राण त्याग गर्ने सदस्यको शोकमा हरेक मानिस पीडाले छटपटिन्छ ।
तर, यस्तै भावनात्मक सम्वेदना बाँदरले पनि प्रकट गरेर मान्छेलाई चकित तुल्याएको छ ।
शुक्रबार काठमाडौंको थापाथलीमा करेन्ट लागेर मृत्यु भएको एक बाँदरका साथीहरुले आफ्नो साथीको मृत्युमा बिलौना गर्दा केहीबेर सडक नै जाम भएको थियो ।
साँझ ५ बजेतिर बिजुलीको तारमा हिँड्नेक्रममा एउटा बाँदर करेन्ट लागी भुइँमा बजारिएको थियो । त्यसलगतै भेला भएका साथी बाँदरहरुले उसलाई उठाउने, झक्झाउने, तान्ने अथक प्रयास गरे ।
आफ्नो साथीको मृत्युमा बाँदरले गरेको बिलौनाको दृष्य हेर्न मानिसहरुको भीड लाग्दा केहीबेर सडक नै जाम भएको थियो ।
बाँदरको भावनात्मक संवेदनाको दृष्यले मानिसहरुलाई तान्दा जाम भएको सडक खुलाउन ट्राफिक प्रहरीलाईसमेत बाक्लो संख्यामा खटिन बाध्य पारेको थियो ।
- See more at: http://imagekhabar.com/news/latest/national/1247#sthash.PpgW1Ee5.dpuf

Labels:

Friday, 6 May 2016

सोनाक्षी र मलाईकासँगै नेपाली कलाकारले राजधानी तताउने


काठमाडौं, वैशाख २३ । नेपालमा बलिउड कलाकारको आगमन पछिल्लो समय निकै बढ्न थालेको छ । विभिन्न कार्यक्रममा सहभागी हुनका लागि बलिउड कलाकार नेपाल आउने क्रम बढ्दो छ । यसै क्रममा बलिउड नायिका सोनाक्षी सिन्हा र मलाइका अरोरा खान काठमाडौं आउँदैछन् ।
उनीहरु सैनिक श्रीमती संघले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन काठमाडौं आउने भएका हुन् ।
यही मे १४ मा राजधानीको टुँडिखेलमा आयोजना हुने च्यारिटी शो ‘अमरपंक्षी’मा सांगितिक कार्यक्रम प्रस्तुत गर्न बलिउड नायिकाद्वय काठमाडौं आउने भएका हुन् । भूकम्प पीडितको सहयोगार्थ सैनिक श्रीमती संघले कार्यक्रम आयोजना गर्न लागेको हो ।
सो कार्यक्रममा बलिउड नायिकाद्वयका साथमा नेपाली कलाकारले पनि सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नेपाली कलाकारहरु रेखा थापा, प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, सुष्मा कार्की, निशा अधिकारी, सहाना बज्राचार्य, इन्दिरा जोशी लगायतको सांगितिक कार्यक्रम ‘अमरपंक्षी’को आकर्षण बन्ने जनाइएको छ ।
दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रमका लागि टिकटको व्यवस्था अनलाईन तथा एसएमएसमार्फत गरिएको आयोजकले जनाएको छ ।

About shivam mishra

आमा सम्झँदै मातातीर्थमा घुइँचो, सुकेका सबै धाराबाट कसरी आयो पानी ?