काबेली बिकास बैकले आफना शेयर सदस्यलाई २० प्रतिशत शेयर लाभान्स बितरण गर्ने

धनकुटा, २७ बैशाख । काबेली बिकास बैकले यो बर्ष आफना शेयर सदस्यलाई २० प्रतिशत शेयर लाभान्स बितरण गर्ने भएको छ ।
आाज धनकुटामा आयोजीत वैंकको नवौं साधारण सभा मार्फत सो जानकारी दिएको हो । गत सालको भएको ७ करोड १ लाख ७६ हजार चुक्त पूजीबाट ४ हजार २ सय ३५ शेयर सदस्यहरुलाई चालु आवमा १ करोड ४० लाख ३५ हजार २ सय वितरण गरिने कम्पनी प्रमुख कार्यकारी अधिकृत शैलेनद्र वादे श्रेष्ठले जानकारी दिनुभयो । वैंकको चुक्ता पुजी ७ करोड १ लाख ६७ हजार रुपैया रहेको छ । त्यस्तै ५८ करोड ९२ लाख ७५ हजार ९ सय ६ रुपैया निक्षेप संकलन गरेको वैंकले ६१ करोड ९५ लाख २ हजार २ सय १२ रुपैया कर्जा प्रवाह गरेको छ । १७ हजार ३ सय ७६ जना निक्षेपकर्ता रहेको वैकवाट १ हजार ९ सय ५९ जनालाई कर्जा दिएको छ । धनकुटा सदरमुकाम केन्द्रिय कार्यालय रहेको वैंकको छ नं. वुधवारे, राजारानी, सिँधुवा र हिलेमा गरी चार ठाउँमा शाखा सञ्चालित छन् ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home