Thursday, 11 August 2016

पानी पनि छाडिन् गंगामायाले, प्रधानमन्त्रीलाई दिइन् ५ दिन

उहाँले साउन २१ गते पनि पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिनुभएको थियो । नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै उहाँबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै उहाँले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न थप पाँच दिनको समय दिनुभएको छ ।

गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती बिहीबार वीर अस्पतालको क्याबिन नं ७ मा उहाँलाई भेट्न गए पनि गङ्गामायाले केही कुरा राख्नु भएन । विसं २०७१ असोज ६ गते अनशन बसेको ३ सय ३४ दिन हुँदा उहाँका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । उहाँको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ । 
विसं २०६१ मा गङ्गामायाका १७ वर्षका छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । हत्याराविरुद्ध कारबाहीको माग गर्दै ६ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home