Friday, 5 August 2016

फेरि दुःख पाउन विदेश जान्न


मेरो घर धनगढी उपमहानगरपालिका ११ जुगेडा राना गाउँमा पर्छ । म २०१३ मा मलेसिया गएको थिएँ । साथीको चिनजानको भरमा धनगढीकै एकजना एजेन्टबाट आरएन म्यानपावर कम्पनी मार्फत गएको थिएँ । जानुभन्दा पहिला एजेन्टले काम राम्रो छ ग्यारेज कम्पनीमा मासिक नौ सय दिन्छु भन्यो । 
तर त्यहाँ पुगेपछि भने जस्तो भएन । मासिक ७ सय २० रिगेंट मात्रै दियो । साहु सँग कुरा गर्‍यौ तिम्रो एजेन्टले यति नै दिनु भनेको छ भन्यो । के गर्नु काम गर्नै पर्‍यो । जाँदा दुई लाख ऋण काढेको थिएँ । मासिक व्याज मात्रै छ हजार तिर्नुपथ्र्यो । ऋण तिर्न एक वर्ष लाग्यो ।  
तीन वर्षसम्म पनि पुरा तलब दिएन । कामचाहिँ गाह्रो थिएन । सोही अवधिभर लगभग पाँच लाख रुपैया जती घरमा पठाए । 
विदेशको कमाईले केही प्रगती गर्न सकिएन । लाउन खान र चार जनाको परिवार पाल्न बराबर भयो । जस्तो विदेश गएको थिएँ त्यस्तै फर्किएँ । 
विदेश जाँदा आफ्नै गाउँका म लगायत चार जना अरु सथीहरु पनी थिए । अहिले सँगै फर्कियौं । उनीहरु सिम्ला पहाड भारत तर्फ लागे । नेपाल फर्किएको दुई हप्ता जति भयो । अब भने विदेश जाने सोच बनाएको छैन । 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home