Friday, 29 July 2016

नोबल अस्पतालमा अप्रेसन गरेको ११ दिनपछि सुत्केरीको मृत्यू

विराटनगरको नोबेल अस्पतालमा सुत्केरीको मृत्यू भएपछि तनाव भएको छ । मोरङको कटहरीकी लक्ष्मी कामतको अस्पतालका डाक्टररुको लापर्वाहीका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका छन् । 

२२ वर्षीया लक्ष्मी कामतको अस्पतालका डाक्टरहरुको लापर्वाहीका कारण मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका छन् । साउन १ गते सकुशल रुपमा अस्पताल आएकी लक्ष्मीको २ गते अप्रेशन गरिएको थिया । 

उनको शिशु कमजोर भएको भन्दै चिकित्सकले आइसियूमा भर्ना गरेका थिए । शिशुलाई आइसियूमै पुगेर उनले स्तनपान गराएको तर एक्कासि सुत्केरी भएको  ११ दिनपछि कामतलाई बिहिबार अस्पतालले अकस्मात मृत्यु भएको घोषणा गरेपछि आफन्तले विरोध जनाएका हुन् । नोबेल मेडिकल कलेजको मूल ढोकामा बसेर नोबेल मेडिकल कलेज मुर्दाबाद, सुनील शर्मा मुर्दाबाद, लापर्वाही गर्ने डाक्टरलाई कार्वाही गर लगायतका नाराबाजी गरेका छन् ।

मृतककी सानीमाले भने अहिलेसम्म आफूहरुलाई छोरीसँग र बच्चासँग भेटन नदिएको बताएकी छिन् । सकुशल आएकी आफ्नी छोरीको डाक्टरको लापर्वाहीका कारण मृत्यु भएको भन्दै उनी भावविवल बनेकी थिइन् ।

यता लक्ष्मीका छिमेकीहरुले पनि नियमीत रुपमा उनले डाक्टरलाई आफ्नो स्वास्थ्य परिक्षण गराएको बताउदै अवस्था सामान्य रहदा रहदै डाक्टरको चरम लापर्वाहीका कारण मृत्यु भएको बताएका छन् । 

दिउँसो दुवै पक्षका बीच वार्ता भएको बताउदै मृतकका छिमेकीले अस्पताल प्रसासनले उपचारमा संलग्न डाक्टरलाई कार्वाही नगर्ने भनेपछि आफूहरु हिडेको बताएका छन् । 

उनले आफूहरुले लापर्वाही गर्ने डाक्टरलाई कार्वाही गर्न मात्र माग गरिएको र कार्वाही नभएसम्म लाश नउठाउने बताएका छन् ।यता अस्पताल प्रशासनसँग कुराकानी गर्न खोज्दा अस्पतालमा कोही नभएको र सम्बन्धित व्यक्तिहरुसँग फोनमा सम्पर्क हुन सकेको छैन । 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home