बाढी घट्यो, कटान बढ्यो
दमकःनिरन्तर वर्षापछि खोला नदीहरुमा आएको बाढी दुई दिनयता घट्दै गएको छ । तर बाढी रोकिएपनि यसको असर झन् झन् बढ्दै गएको छ । करीब एक साता सम्मको लगातारको बर्षाले अधिकांश खोला नदीहरुमा पानीको सतह उच्च भएर बाढी आएको थियो ।
बर्षाको मात्रा घट्दै जाँदा खोलामा पानीको सतह त घट्दै छ तर खोलाको डिल भत्किने क्रम भने तिब्र बनेको छ । खोलाले कतै धार परिवर्तन गरेर धानखेती लगाएको जग्गा बगाइरहेको छ भने कतै डुबानमा पारेर क्षति पुर्याएको छ । खेती योग्य जमिन कटानका कारण किसानहरुले ठूलो क्षति ब्यहोर्नु परेको र यसले धान्नसहित अन्य नगदेबाली उत्पादनमा समेत दुरगामी असर पार्ने निश्चीत भएको जानकारहरुले बताएका छन् ।
प्रशासनले बाढीको क्षति संकलन भइरहेको जनाएको छ । झापामा बाढीको यकिन क्षति विवरण आउन बाँकी भएपनि झापाको कृषी क्षेत्रमा ठुलो नोक्सानी भएको किसानहरुले बताएका छन् ।
जिल्ला कृषी सहकारी संघ झापाका उपाध्यक्ष समेत रहेका माहाभारा २ का पर्शुराम काफ्लेले सो क्षेत्रमा कमल बनियानी र कनकाईले सयौं विगाहा खेती योग्य जमिन कटान गरेको बताए । उनले खोलामा पानीको सतह घटेपनि कटान झन तिब्र बनाएका कारण खेती योग्य जमिनमा अझै धेरै नोक्सानी पुग्ने अनुमान सुनाए । अझै खोलाको कटान बढिरहेको छ – काफ्लेले भने ।
शिवगञ्ज बजारका स्थानीयबासी एवम् कनकाई नहर जल उपभोक्ता संस्थाका सचिव समेत रहेका कमलप्रसाद भण्डारीले कनकाई र सतासी खोलाले सो क्षेत्रमा गरेको कटानका कारण किसानहरुले ठूलो क्षति ब्यहोर्नु परेको बताए । उनले तत्कालिन शिवगञ्ज, सतासीधाम, पाँचगाछी, माहाभारा, कोरोबारी लगायतका ठाउँको सयौं विगाहा जग्गा कटान गरेको जानकारी दिए । उनले पिडीत किसानहरुलाई राहत र अनुदानको व्यवस्था गर्न सरकारसंग माग गरे ।
त्यसैगरी पूर्वकै धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढधाम समेत कनकाई नदीको कटानका कारण उच्च जोखिममा परेको छ । बर्षा रोकिएपनि कनकाई माईले कटान गर्ने क्रम झन बढेका कारण त्यहाँको साँस्कृतिक तथा पुरातात्विक सम्पदा जोखिममा परेको हो । शिवसताक्षी –८ स्थित चिल्लागढ पोखरी भन्दा पूर्वतर्फ रहेको कनकाई नदीले कटान तिब्र बनाएको स्थानीयबासीले बताएका छन् ।
धाम क्षेत्र सम्म खोलाको कटान आउन अब करीब सय मिटर मात्रै दुरी रहेकाले तत्काल कटान रोक्न नसके सो धामको अस्तित्व नै नरहने बताइएको छ । हालै कटानका कारण सो क्षेत्रबाट त्यहाँका धर्मानन्द रिजाल र श्रीप्रसाद थगम्बाको परिवार विस्थापित भइसकेको छ । उनीहरुलाई स्थानीयहरुले बसोबासको व्यवस्था मिलाइदिएका छन् ।
कटानले स्थानीय कपिलमुणि आचार्य, मित्रलाल खरेल, तुलसी तिम्सिना, विष्णुप्रसाद अधिकारी, विष्णुप्रसाद रिजाल, राजा थगम्बा, छबिलाल पौडेल लगायतको घर उच्च जोखिममा परेका मन्दिर विकास समितिका अध्यक्ष तिलबहादुर कटुवालले बताए ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home