कार भन्दा महँगो मोटरसाइकल
नाडा अटो शो २०१६ मा राखिएका बेनल्ली कम्पनीका मोटरसाईकल तथा स्कुटर कार भन्दा पनि महँगा छन् । कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर सहर्षराज रिजालका अनुसार एउटै मोटरसाइकलको मूल्य १५ लाख ५० हजार रुपैयाँ पर्छ ।
जब कि ८ सय सीसीको डाट्सन रेडी गो गाडीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ । रिजालका अनुसार ६ सय सीसीको मोटरसाइकलको १५ लाख ५० हजार, २ सय ५० सीसीको ४ लाख ५० हजार, ३ सय सीसीको ६ लाख असी हजार रुपैयाँ मूल्य तोकिएको छ ।
बेल्ली कम्पनीको ११ सय ३० सीसीको मोटरबाइकलाई मोडल हेरी ३५ लाख देखि ४० लाख रुपैयाँसम्म पर्ने र यो स्पेशल अर्डरमा मात्र झिकाइने उहाँले बताउनुभयो । केटीएम् इन्टरनेशनल ट्रेडिङ प्रा.लि., बेनल्लीको नेपालको आधिकारिक विक्रेता हो ।नेपालका लागि नयाँ भए पनि यो कम्पनी विश्वका पुराना कम्पनीहरुमा गनिन्छ । सन् १९११ मा स्थापना भएको बेनल्लीले बाइक र स्कुटरका साथै इलेक्ट्रिक साइकल र माउन्टेन बाइक पनि बजारमा ल्याएको छ ।
नाडा अटो शो २०१६ को अवसर पारी बेनल्लीले ६ सय सीसीको मोटरसाईकलको खरिदमा सामसुङ एस सेभेन मोबाइल, २ सय ५० सीसी र ३ सय सीसीको मोटरसाइकलमा बेल क्वालिफायर हेलमेट र स्कुटरमा सामसुङ जि फाइभ फोन निःशुक दिइने बेनल्ली कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर सहर्षराज रिजालले जानकारी दिनुभयो ।
Labels: आर्थिक समाचार
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home